विश्वमा कोरोना संक्रमणका कारण एकैदिन १३ हजार ६ सय भन्दाबढीको मृत्यु भएको छ । योसँगै कुल मृत्यु हुनेको संख्या ३२ लाख ४१ हजार नाघेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७ लाख ७४ हजार ९ सय भन्दाबढी संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या १५ करोड ४९ लाख ७३ हजार ४८ पुगेको छ । त्यस्तै, हालसम्म १३ करोड २४ लाख २७ हजार २८६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
संक्रमितमध्ये १ करोड ९३ लाख ४ हजार भन्दाबढी सक्रिय संक्रिमत रहेका छन् भने १ लाख ११ हजार भन्दा बढीको अवस्था गम्भीर रहेको छ । कोरोनाले सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ५ लाख ९२ हजार ४०९ जनाको मृत्यु भएको छ भने ३ करोड ३२ लाख ७४ हजार भन्दा बढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ४२ हजार भन्दाबढी संक्रमित थपिएका छन् भने ८४८ जनाको मृत्यु भएको छ ।
यस्तै, छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ६ सय भन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् भने ३ हजार ७ सय बढीको मृत्यु भएको छ । ब्राजिलमा पछिल्लो २४ घण्टामा मात्रै ३ हजार २५ जनाको ज्यान गएको छ । योसँगै ब्राजिलमा ज्यान गुमाउनेको सङ्ख्या ४ लाख ११ हजार ८ सय भन्दा धेरै भएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट ३ हजार ४१७ जनाको मृत्यु भएको छ भने ५९ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । ३ लाख ५१ हजार भन्दा बढीमा संक्रमण भइसकेको छ । संक्रमितमध्ये २ लाख ८७ हजार ७९० भन्दा बढी निको भइसकेका छन् ।