पिएसजीलाई हराउँदै म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा

प्रज्जवल थापा । फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मनलाई पराजित गर्दै इङलिस क्लब म्यान्चेस्टर सिटी युईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो सेमिफाइनलको दोस्रो लेगमा सिटीले पिएसजीलाई २-० ले तथा समाग्रमा ४-१ गोलले पराजित गर्दै इतिहासमै पहिलो पटक फाइनलको बाटो तय गरेको हो ।

इतिहाद रंगशालामा भएको खेलमा इङ्लिस क्लबलाई जित दिलाउन रियाद माहरेजले दुई गोल गरे । पहिलो हाफको ११ औं मिनेटमा माहरेजले गोल गर्दै सिटीलाई खेलमा अगाडि बढाएका थिए । ६३ औं मिनेटमा फिल फोडेनको पासमा माहरेजले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा सिटी २-० ले तथा समाग्रमा ४-१ गोलले विजयी भयो । अब सिटीले फाइनलमा चेल्सी र रियल म्याड्रिडबिच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । फाइनल खेल मे ३० मा अटाटुर्क ओलम्पिक रंगशालामा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *