USAID

थप ७५८७ जनामा कोरोना संक्रमण, ५५ को मृत्यु, १७७५ जना संक्रमणमुक्त


काठमाडौं । नेपालमा थप ७५८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७५८७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५१००५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १७७५ जना संक्रमणमुक्त भएका छ ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २८७७९० पुगेको छ । त्यसैगरी कोरोना संक्रमणबाट थप ५५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४१७ पुगेको छ । क्वारेन्टाइनमा २५३ जना छन् भने आइसोलेसनमा ५९७९८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *