USAID

अमेरिकाको क्यालिफोर्नियामा नेपाली विद्यार्थी रोजीको अनौठो रोगबाट निधन


गणेश थापा, क्यालिफोर्निया । अध्ययनको सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेकी एक जना नेपाली विद्यार्थीको निधन भएको छ । क्यालिफोर्निया राज्यको सेक्रमेन्टो सिटीमा बस्दै आएकी २८ वर्षीया रोजी रानाको मृत्यु भएको हो ।

एक अनौठो रोगको कारण सेक्रमेन्टोस्थित सटर जनरल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको बताइएको छ । कास्की जिल्ला घर भएकी स्वर्गीय रानाको शवलाई कतार एयरलाइन्समार्फत् आजै नेपाल पठाइएको मेरिल्याण्ड राज्यका राज्यसभा सदस्य ह्यारी भण्डारीले जानकारी दिएका छन् ।

विद्यार्थी भिषामा अमेरिका आएकी रानाको गत अप्रिल १७ मा मृत्यु भएको थियो । जटिल प्रशासनिक प्रक्रियाका बाबजुद स्वर्गीय रानाको शवलाई क्यालिफोर्नियाबाट मेरिल्याण्ड ल्याएर अन्तरराज्य शवसम्बन्धीका मापदण्ड पूरा गरी नेपाल पठाइएको राज्यसभा सदस्य भण्डारीले बताए । रानाको केकस्तो रोगको संक्रमणबाट मृत्यु भएको हो भन्ने कुरा खुलेको छैन ।

मृतक युवतीको शव नेपाल पठाउन परिवारबाट विशेष अनुरोध प्राप्त भएपछि अमेरिकास्थित नेपाली दूतावास, यहाँका सामाजिक संघसंस्था, आफन्त र आफ्नो व्यक्तिगत प्रयासमा आवश्यक प्रक्रिया पुरा गरी शव स्वदेश पठाउन करीब दुई हप्ताको समय लागेको समेत भण्डारीले बताए । अमेरिकाबाट नेपाल शव पठाउन निकै लामो समय र जटिल प्रशासनिक एवं एयरलाइन्ससम्बन्धी प्रक्रिया पूरा गर्नुपर्ने उनले स्पष्ट पारे ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *