६ वर्षपछि रोजगारीका लागि खुल्यो इजरायल

काठमाडौँ । सरकारले इजरायलमा ‘केयरगिभर’ का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ । इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी ‘निर्देशिका २०७८’ इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

सम्झौतामा हवाई भाडा, बिमा, स्वास्थ परीक्षण, कल्याणकारी कोषको रकम र श्रम स्वीकृति लिँदा लाग्ने खर्च रोजगारदाताले बेहोर्ने उल्लेख छ । तर उक्त सम्झौताअनुसार रोजगारदाताले उक्त शुल्क तिर्न नमाने सम्बन्धित व्यक्तिले तिर्नुपर्ने व्यवस्था गरिएको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *