लुम्बिनीमा फेरियो स्वतन्त्र सांसदको बोली, एमालेमै रहने प्रतिबद्धता

बुटवल । लुम्बिनी प्रदेशका स्वतन्त्र दुई सांसदले आफूहरू एमाले संसदीय दलमै रहने प्रतिबद्धता जनाएका छन् । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहका उनीहरु सूर्य चिन्हबाट निर्वाचन लडेपनि आइतबार मुख्यमन्त्री शंकर पोखरेलको विपक्षमा हस्ताक्षर गरेका थिए ।

तर २४ घण्टा नबित्दै कपिलवस्तु–२ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासी पश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले सोमबार विज्ञप्ति जारी गरी आफूहरुको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको बताएका हुन् ।

उनीहरुले कुल प्रसाद केसीलगायतले सरकार गठनका सन्दर्भमा गरेको दाबीमा आफूहरुको हस्ताक्षर प्रस्तुत गर्नु बदनियत र त्रुटिपूर्ण रहेको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *