लुम्बिनीमा प्रधानमन्त्री ओलीको छत्रछायाँमा अर्को पदलोलुप चर्तिकलाः भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको छत्रछायाँमा लुम्बिनी प्रदेशमा पदलोलुपको चर्तिकला देखिएको बताएका छन् ।

आइतबार ट्वीट गर्दै रावलले लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध प्रस्तुत अविश्वास प्रस्तावका सन्दर्भमा राष्ट्रिय राजनीतिलाई निरवस्त्र तुल्याई संविधानकै मर्यादामा अघात पुग्नेगरी निजबाट भएका क्रियाकलापले लोकतन्त्र र राजनीतिक नैतिकताको धज्जी उडाएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध प्रस्तुत अविश्वास प्रस्तावका सन्दर्भमा राष्ट्रिय राजनीतिलाई निरवस्त्र तुल्याई संविधानकै मर्यादामा अघात पुग्नेगरी निजबाट भएका क्रियाकलापले लोकतन्त्र र राजनीतिक नैतिकताको धज्जी उडाएको छ । प्रधानमन्त्री केपीको छत्रछायामा अर्को पदलोलुप चर्तिकला !’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले आइतबार राजीनामा दिएका थिए । तर पोखरेल पुनः मुख्यमन्त्री भएपछि एमालेकै एक सांसदले राजीनामा दिएका छन्। साथै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राजीनामा दिएका एमाले लगायतका ४२ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *