हेटौंडा । हेटौँडा उपमहानगरपालिका–९ मा शनिबार दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा महागढीमाई नगरपालिका–४ का ३५ वर्षीय सञ्जयकुमार शुक्ला रहेका छन् । पूर्वपश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा ना३८प ९३५३ नम्बरको मोटरसाइकल र बा८च २९५३ नम्बरको कार एकापसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल शुक्लाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सामेन्द्रसिंह राठौरले जानकारी दिए ।
उनका अनुसार मोटरसाइकलमा सवार नवलपरासीका ३३ वर्षीया ज्योति अर्याल घाइते भएका छन् । घाइते अर्यालको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।