काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३५ कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२ हजार ५ सय ९७ नमूनाको पिसिआर परीक्षण र ९ सय ६३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । त्यसमध्ये पिसिआर विधिबाट ४ हजार ८ सय ३१ जना र एन्टिजेन विधिबाट ९७ जना गरी कूल ४ हजार ९ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा भक्तपुरमा १८२, ललितपुरमा २५२ र काठमाडौंमा १ हजार १२७ जना गरी एक हजार ५ सय ६१ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख १७ हजार ५ सय ३० पुगेको छ । देशभर अझै ३४ हजार १ सय १७ सक्रिय संक्रमित छन् ।
पछिल्लाे २४ घण्टामा ८ सय ८८ जनाले काेराेना जितेका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८० हजार १६७ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २४६ पुगेको छ।
