बुटवल । बुटवलको एक अस्पतालमा आधा घण्टाकाे बीचमा तीन जना काेराेना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा उपचाररत उनीहरुको आज बिहानै मृत्यु भएको हो ।
बुटवल ११ का ३१ वर्षीय पुरुषको राती २ः३० बजे, बुटवल १४ का ६६ वर्षीय पुरुषको २ः४५ बजे र मायादेवी ६ का ७२ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा बिष्णु गौतमले जानकारी दिए । बुटवल १४ का संक्रमित ९ गते र अन्य दुई जना ११ गते अस्पताल भर्ना भएका थिए ।
हिजो पनि रुपन्देहीमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको थियो । हालसम्म रुपन्देहीमा मृत्यु हुनेको संख्या १ सय ८४ पुगेको छ । यहाँ १ हजार ८ सय संक्रमित छन् ।
