लकडाउनमा आफ्नो दायित्व नभुल्न सरकारलाई साझा पार्टीको आग्रह

काठमाडौं । विवेकशील साझा पार्टीले लकडाउनमा आफ्नो दायित्व नभुल्न सरकारलाई आग्रह गरेको छ । पार्टीका प्रवक्ता शरदराज पाठकले मंगलबार विज्ञप्ति जारी गरी कोरोना परीक्षणलाई व्यापक बनाई कन्ट्याक ट्रेसिङमा जोड दिनुपर्ने, क्वारेन्टिन तथा आइसोलेसन सेन्टरहरूको आवश्यक व्यवस्थासहित प्रभावकारी व्यवस्थापन गनुपर्ने, कोभिड १९ विरुद्धको खोप केन्द्रहरुमा देखिएको भद्रगोल पूर्ण व्यवस्थापन सुधार गरी भीडभाड नियन्त्रण गर्न आग्रह गरेको हो ।

त्यस्तै साझाले कोभिड १९ को सङ्क्रमण नियन्त्रण राज्य र नागरिकको संयुक्त र सुझबुझपूर्ण पहलकदमीबाट मात्र सम्भव हुने हुँदा यो महाव्याधिको कहरबाट यथाशीघ्र मुक्ति पाउन जिम्मेवारपूर्ण व्यवहारका लागि पार्टीका सदस्यसहित आम नागरिकलाई अपील गरेको छ ।

यस्ता छन् साझा पार्टीका सुझाव

१) सङ्क्रमणको दोस्रो लहरको अहिलेको सुरुवाती अवस्थामा नै केही अस्पतालमा अक्सिजन र आइसियु शय्यासहित जनशक्ति अभावले भयावह स्थिति देखिइसकेकाले हर सम्भव उपाय लगाएर तत्काल समस्या समाधान। अस्पतालहरूमा बिग्रिएका अक्सिजन प्लान्ट मर्मतदेखि सिलिन्डर आयातमा आवश्यक तदारुकता।
२) कोरोना परीक्षणलाई व्यापक बनाइ कन्ट्याक्ट ट्रेसिङमा जोड।
३) क्वारेनटिन तथा आइसोलेसन सेन्टरहरूको आवश्यक व्यवस्थासहित प्रभावकारी व्यवस्थापन।
४) दैनिक ज्याला मजदुरी गरेर साँझ बिहान छाक टार्ने वर्गका लागि लकडाउन अवधिमा स्थानीय सरकारका प्रतिनिधिहरूद्वारा नागरिक समूहहरूको सहयोगमा खाद्य सामग्री वितरणसहित आवश्यक रेखदेख।
५) कोभिड १९ विरुद्धको खोप केन्द्रहरूमा देखिएको भद्रगोलपूर्ण व्यवस्थापन सुधार गरी भिडभाड नियन्त्रण।

Leave a Reply

Your email address will not be published. Required fields are marked *