USAID

परीक्षा दिन हिँडेकी एक छात्राको लडेर मृत्यु


सल्यान । सल्यानमा परीक्षा दिन हिँडेकी एक छात्राको बाटामै लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ अत्तरकाँडा निवासी चन्द्रकला सार्की छिन् ।

छत्रेश्वरी – १ स्थित भानुभक्त मावि दमाचौरमा कक्षा १० की सार्कीको मंगलबार बिहान गणित विषयको परीक्षा दिन जाने क्रममा बाटामै सल्ली कुसुममा चिप्लिएर लडेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *