USAID

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । आज दिउँसो ३ बजेलाई बैठक बोलाइएको हो । केपी ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी भइरहेका बेला माओवादीले स्थायी कमिटी बैठक बोलाएको हो ।

नेता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गर्ने राजनीतिक प्रतिवेदन र केन्द्रीय कार्यालयले पेस गर्ने विधानमाथि छलफल हुने भएको छ । त्यसबाहेक पछिल्लो राजनीतिक परिस्थितिबारे पनि छलफल हुनेछ । कांग्रेस, माओवादी र जसपाको एउटा समूह मिलेर प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेका छन् ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । नेताहरूका अनुसार अविश्वास प्रस्ताव दर्ता भएपछि मात्रै माओवादीले समर्थन फिर्ता लिने भएको छ । तर, जसपाले औपचारिक रूपमा निर्णय नगर्दा अविश्वास प्रस्तावमा ढिलाइ भएको बताइएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *