जनताको स्वास्थ्यमा खेलवाड नगर्न सरकारलाई प्रचण्डको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको स्वास्थ्यमा खेलवाड नगर्न सरकारसँग आग्रह गरेका छन् । सोमबार विज्ञप्ति जारी गरी अध्यक्ष प्रचण्डले स्थानीय निकायमा स्वास्थ्य सामग्रीको समुचित व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने नेपाली जनसमुदायमा आशंका बढाएको छ । म सरकारसँग जनताको स्वास्थ्यमा खेलवाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन विशेष आग्रह गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *