कर्णालीमा ‘फ्लोरक्रस’ गर्ने एमालेका चार सांसद पदमुक्त

सुर्खेत । कर्णाली प्रदेशमा फ्लोरक्रस गर्ने नेकपा एमालेका चार जना सांसद पदमुक्त भएका छन् । सोमबारको कर्णाली प्रदेशसभा बैठकमा सभामुख राजबहादुर शाहीले चार सांसदलाई कारबाही गरेको पत्र पढेर सुनाएका थिए ।

यससँगै सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, अमरबहादुर थापा र नन्दबहादुर बुढा सांसद पद मुक्त भएका छन् । उनीहरूले पार्टीको ह्वीपविपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विश्वासको पक्षमा मतदान गरेका थिए ।

शाही, थापा र बुढा कर्णालीमा मन्त्री भइसकेका छन् ।

सांसदहरु पदमुक्त भएसँगै ४० सदस्यीय कर्णाली प्रदेश सभा सांसदको संख्या ३५ मा झरेको छ । माओवादी छोडेर एमालेमा प्रवेश गरेका धर्मराज रेग्मी यसअघि नै पदमुक्त भइसकेका छन् । सभामुखसहित एमालेका १६, माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद अब कर्णाली प्रदेशमा छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *