मनमोहन अधिकारीको कामको अनुकरण गर्दै समाजवादको लक्ष्यमा अघि बढ्न खनालको आह्वान

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको कामको अनुकरण गर्दै समाजवादको लक्ष्यमा अघि बढ्न आह्वान गरेका छन् । २२औं मनमोहन स्मृति दिवसको अवसरमा सोमबार विज्ञप्ति जारी गरी नेता खनालले अधिकारीले छोटो समयमा दूरगामी प्रभाव पार्ने काम गरेको स्मरण गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘मनमोहन अधिकारीले जीवनभर आफूलाई देश र जनताको पक्षमा समर्पित गर्नुभयो । खासगरी आफ्नो प्रधानमन्त्रित्व कालमा सुरु गर्नुभएको जेष्ठ नागरिक भत्ता, आफ्नो गाउँ आफैं बनाउँजस्ता कार्यक्रमहरु आजसम्म पनि हरेक नेपालीको हृदयमा रहेका छन् । तसर्थ उहाँको योगदानहरु र उहाँले गर्नुभएका अनुकरणीय कामहरुबाट शिक्षा लिँदै समाजवादको लक्ष्य बनाउँदै अघि बढ्न म सबैलाई आह्वान गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *