मन्त्रिपरिषद बैठकले सीसीएमसीको सिफारिसका विषयमा निर्णय गर्ने

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा अपरान्ह पाँच बजेका लागि बैठक बोलाइएको छ । आजको बैठक कोभिड रोकथाम र नियन्त्रणमा केन्द्रित हुने बताइएको छ ।

आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ । त्यस्तै सीसीएमसीले लकडाउन गर्नुपर्ने र त्यो नभए निषेधाज्ञामा जानुपर्ने सुझाव दिएको छ । यस्तै पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएका जिल्लामा निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरेको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *