USAID

बुटवल लुम्बिनीको विजयी शुरुवात


प्रज्जवल थापा । नेपालको पहिलो फ्रेन्चाइज फूटबल प्रतियोगिता नेपाल सुपर लिग(एनएसएल)मा बुटवल लुम्बिनी फूटबल क्लबले विजयी शुरुवात गरेको छ । आइतबार भएको दिनको दोस्रो खेलमा बुटवलले पोखरा थन्डर्सलाई २-० गोलले पराजित गर्दै लिगमा सुखद शुरुवात गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बुटवललाई जित दिलाउन आर्मान्ड बिएडुमनले एक गोल गर्दा एक गोल भने उपहार पाएको हो । पहिलो हाफको ४२ औं मिनेटमा आर्मान्डले गोल गर्दै बुटवललाई खेलमा अगाडि बढाएका थिए ।

७७ औं मिनेटमा अमिर श्रेष्ठको क्रसलाई क्लियर गर्ने क्रममा अजितले आफ्नै पोस्टमा गोल गरेपछि बुटवलले खेलमा अग्रता दोब्बर बनाएको थियो । पोखराले खेलमा पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा नतिजा बुटवललाई सुम्पियो ।

जितसँगै बुटवल ३ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लेको छ । आजै भएको पहिलो खेलमा विराटनगर सिटीले धनगढी एफसीलाई ३-० गोलले पराजित गरेको थियो । विराटनगर लिगको शिर्ष स्थानमा रहेको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *