पूर्वाञ्चल विश्व विद्यालयको प्रश्नपत्र आउट गरेको अभियोगमा दश जना पक्राउ

विराटनगर । प्रहरीले पूर्वाञ्चल विश्व विद्यालय अन्तर्गत बीइ सेकेण्ड सेमेष्टरको प्रश्नपत्र परीक्षा अघि नै बाहिर ल्याउने सोही विद्यालयका कर्मचारीसहित १० जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले तीन बैशाखका लागि तय भएको फिजिक्सको प्रश्नपत्र विश्व विद्यालयमा फोटोकपी गर्ने कर्मचारीले बाहिर ल्याएको जनाएको छ । प्रश्नपत्र बाहिरिएपछि विश्व विद्यालय प्रशासनले अनुसन्धानका लागि मोरङ प्रहरीलाई पत्र लेखेको थियो ।

अनुसन्धानमा ती कर्मचारीले समाजिक सञ्जालमार्फत प्रश्नपत्र विभिन्न व्यक्तिलाई पठाएको खुलेको हो । मोरङ प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङका कोमलप्रसद गौतम, संखुवासभाका गोपाल कार्की, गोरखाका मिनप्रसाद भट्ट, भरत पठन, विकास खड्का रुपन्देहीका विजय पोखरेल, सिन्धुपाल्चोकका निर्मल खड्का, महोत्तरीका नानिपथ मण्डल, सप्तरीका जीवनकुमार यादव र महेश यादव रहेका छन् । उनीहरुलाई शिक्षा ऐन २०२८ अनुसार कारबाही सुरु भएको मोरङ प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *