जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अत्यावश्यकबाहेकका सेवा एक साताका लागि बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अत्यावश्यक बाहेकका सेवा एक साताका लागि स्थगित गरिएको छ । प्रशासनमा कार्यरत केही कर्मचारी कोरोना संक्रमित भएपछि अत्यावश्यक बाहेकका सेवाहरु सोमबारदेखि एक साताका लागि स्थगित गरिएको कार्यालयले जनाएको छ ।

प्रशासन कार्यालयबाट उपलब्ध गराउँदै आएको नयाँ नागरिकता, नागरिकता प्रतिलिपि र नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार दर्ता नवीकरण, संस्था दर्ता तथा नवीककरण र पत्रपत्रिका दर्ता सेवा एक साताका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *