USAID

भारतमा एकैदिन तीन लाख ५० हजारलाई कोरोना संक्रमण, २७ सयको मृत्यु


भारतमा एकैदिन करिव तीन लाख ५० हजारलाई कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्ला केही दिनयता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा पछिल्लो २४ घण्टामा मात्र ३ लाख ४९ हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सङ्ख्या कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै सबैभन्दा धेरै भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् ।

यसअघि शनिबार भारतमा थप ३ लाख ४५ हजार १४७ जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा अहिलेसम्म कुल एक करोड ६९ लाख ५१ हजार ७६९ जना सङ्क्रमित भएको पाइएको छ ।

यस्तै, केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पछिल्लो २४ घण्टामा दुई हजार ७६१ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेका छन् । योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल एक लाख ९२ हजार ३१० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कुल सङ्क्रमित मध्ये २६ लाख ८१ हजार ३७८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्याङ्क छ । त्यसैगरी अहिलेसम्म एक करोड ४० लाख ७८ हजार ८१ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

भारतमा गत जनवरी १६ देखि कोरोनाभाइरस विरुद्धको खोप अभियान चलिरहेपनि भाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्यामा दिन प्रतिदिन बृद्धि हुदै गएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *