कोभिड–१९ विरुद्धको खोप र अक्सिजनको आयातमा भन्सार शुल्क छुट दिने भारतको निर्णय

भारत सरकारले कोभिड–१९ विरूद्धको खोपको आयात गर्दा लाग्ने आधारभूत भन्सार शुल्कमा छुट दिने निर्णय शनिबार गरेको छ । सरकारले ‘मेडिकल ग्रेड अक्सिजन’ लाई पनि तीन महिनाको लागि छुट दिने भएको छ । यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको उच्चस्तरीय बैठकमा भएको हो ।

पछिल्ला केही दिनहरूमा देशका विभिन्न भागहरुमा रहेका कोभिड–१९ विशेष अस्पतालहरुमा अक्सिजनको तीव्र अभाव रहेका र विरामीहरूले अक्सिजन अभाबका कारण ज्यान गुमाउने अवस्था आएको भनी विभिन्न भारतीय सञ्चारमाध्यममा आएका समाचारपछि सरकारले यो निर्णय गरेको हो ।

संघीय वित्त मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीले चिकित्सा ग्रेड अक्सिजनको आपूर्ति तथा घर वा अस्पतालमा बिरामीको हेरचाहका लागि आवश्यक पर्ने उपकरणहरूको आपूर्ति तत्काल बढाउनुपर्नेमा जोड दिएको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार भारतले दैनिक पुष्टि भएका कोभिड–१९ सङ्क्रमित व्यक्तिको सङ्ख्या तीन लाख ४६ हजार पुगेको र दुई हजार ६२४ सङ्क्रमित व्यक्तिको विगत २४ घण्टामा मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *