USAID

नेदरल्याण्ड्सलाई नेपालको विशाल विजयी लक्ष्य

  • 23
    Shares

प्रज्जवल थापा । कीर्तिपुरमा जारी त्रिकोणात्मक टि-२० आई सिरिजको फाइनल खेलमा नेपालले नेदरल्याण्ड्सलाई विशाल विजयी लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा जारी फाइनल खेलमा नेपालले नेदरल्याण्ड्सलाई २ सय ३९ रनको विजयी लक्ष्य दिएको हो ।

टस हारेर ब्याटिङ गर्न उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ३८ रन बनाएको हो । टि-२० आईमा नेपालले बनाएको यो सार्वधिक रन हो । नेपालको लागि ओपनर तथा युवा ब्याट्सम्यान कुशल भुर्तेल र कुशल मल्लले अर्धशतक पुरा गरे । भुर्तेलले ५३ बलमा ८ चौका र ३ छक्काको मद्दतमा सार्वधिक ७७ रन जोडे । यससँगै कुशलको सिरिजको पाचौं खेलमा चौथो अर्धशतक पुरा गरेका छन् ।

कुशल मल्लले बिष्पोटक ब्याटिङ गर्दै २४ बलमा ५ छक्का र २ चौकाको मद्दतमा ५० रन जोडे । यस्तै दुई रनले अर्धशतक बनाउन चुकेका दीपेन्द्र सिंह एरीले २८ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ४८ रन जोड्दै नटआउट रहे । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३३ रन जोड्दा असिफ शेखले ८ बलमा २ छक्का र १ चौकासहित १६ रन जोडे ।

नेदरल्याण्ड्सको लागि फिलिपे बोइसेभानले ४ ओभरमा ४३ रन दिदै २ विकेट लिए । यस्तै सेबास्टिएन ब्राटले २ ओभरमा २८ रन खर्चेर १ विकेट । फाइनलको दोस्रो इनिङ्स केही बेरमा शुरु हुनेछ ।


  • 23
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *