USAID

नेपाल सुपर लिग आजबाट, उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी भिड्दै

  • 1
    Share

प्रज्जवल थापा । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिग(एनएसएल) आजबाट शुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी फूटबल क्लब भिड्दै छन् । खेल बेलुकी ५:३० बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगिताको सुखद शुरुवात गर्न चाहन्छन् । काठमाडौं राष्ट्रिय टोलीका गोलरक्षक विकेश कुथुको कप्तानीमा मैदान उत्रिनेछ । विकेश रेजर्सको मार्की खेलाडीपनि रहेका छन् । प्रतियोगिताको लागि तयारी समय काम पाएपनि टोली राम्रो नतिजाको लागि सक्षम रहेको काठमाडौंका प्रशिक्षक बाल गोपाल महर्जन पत्रकार सम्मेलनमा बताए ।

ललितपुर सिटी फूटबल क्लब नेपाली राष्ट्रिय टोलीका फर्वार्ड अन्जन विष्टको कप्तानीमा मैदान उत्रिनेछ । उनी ललितपुरको मार्की खेलाडी हुन् । ललितपुरको प्रशिक्षकको जिम्मेवारी प्रदिप हुमागाईले समालेका छन् ।

प्रतियोगिताको प्रत्क्षय प्रशारण एपिवान एचडी टेलिभिजनले गर्नेछ । विश्वभरी फैलिएको कोरोना भाइरस महामारीको कारण प्रतियोगिता बन्द रंगशाला आयोजना हुनेछ । पछिल्लो समय नेपालमा भाइरस तीव्र रुपमा फैलिएको भन्दै सरकारले रंगशालामा दर्शकलाई प्रवेश गर्न निषेध गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग वैशाख ११ देखि २५ गतेसम्म सञ्चालन हुनेछ । सात टोलीको सहभागिता रहने लिग सिङ्गल राउण्ड रोबिनको आधारमा खेलाइनेछ । लिगमा कुल २५ खेल हुनेछ । फ्रेन्चाइज टिमहरुमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब र धनगढी फुटबल क्लब रहेका छन् । प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पाउनेछ ।


  • 1
    Share
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *