गृहमन्त्री बादलपछि माओवादीले राष्ट्रिय सभाबाट हटायो खड्कालाई

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’पछि राष्ट्रिय सभाका अर्का सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । अर्घाखाँचीका खड्काले दल त्याग गरेको सूचना माओवादी केन्द्रले शुक्रबार संसद सचिवालयमा दर्ता गरेको छ । राष्ट्रिय सभा माओवादी केन्द्र दलका नेता दीनानाथ शर्माले खड्काले दल त्याग गरेको पत्र संसद सचिवालयमा दर्ता गराएका हुन् ।

खड्काले दल त्याग गरेकाले उनलाई राष्ट्रिय सभाबाट हटाउनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलका नेता दीनानाथ शर्मालाई पत्र पठाएका थिए । माओवादी केन्द्रले यसअघि नै बादललाई कारबाही गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *