ओलीले स्थायी समिति एकलाैटी बनाए, हटाइए माधव–झलनाथ समूहका नेता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकलाैटीरूपमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) स्थायी कमिटीबाट माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष नेताहरूलाई हटाएका छन् । एमाले अध्यक्षसमेत रहेका ओलीले गठन गरेको स्थायी कमिटीमा वामदेव गौतमलाई भने समेटिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल र खनाल पक्षलाई अलग बनाएर स्थाई कमिटी घोषणा गरेको हो ।

स्थायी कमिटी सदस्यको सूची

१. केपी शर्मा ओली

२. वाममदेब गौतम

३. ईश्वर पोख्रेल

४. रामबहादुर थापा बादल

५. विष्णु पौडेल

६. सुवासचन्द्र नेम्बाङ

७. शंकर पोखरेल

८. प्रदिप ज्ञवली

९. लेखराज भट्ट्

१०. टोपबहादुर रायमाझी

११. सत्यनारायण मण्डल

१२. विष्णु रिमाल

१३. छबीलाल विश्वकर्मा

१४. पृथ्वी सुब्बा गुरुङ

१५. रघुवीर महासेठ

१६. केशव बडाल

१७. पुष्पराज कडेंल

​१८. मणिचन्द्र थापा

१९. किरण गुरुङ

अध्यक्ष ओलीले गत फागुन २८ गते आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक राखेर एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी भंग गरेर त्यसलाई महाधिवेशन आयोजक कमिटीमा परिणत गरेका थिए । तर उनले आफ्नो अध्यक्ष पद र ईश्वर पोखरेलको महासचिव पद भने कायमै राखेका थिए ।

शुक्रवारको बैठकले कर्णाली प्रदेश सभामा दलीय ह्वीप उल्लंघन गर्ने चार सांसदलाई निष्कासन गर्ने निर्णय गरेको छ । यसैगरी गुटगत क्रियाकलाप गरेको आरोपमा स्पष्टीकरण सोधिएका २७ जना सांसदको विषयमा निर्णय लिने जिम्मा स्थायी कमिटीलाई दिएको छ ।

बैठकमा पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले स्पष्टीकरण सोधिएका २७ मध्ये २२ जनाले स्पष्टीकरण पेश गरेको जानकारी गराएका छन् । महाधिवेशन आयोजक कमिटीका एक सदस्यले लोकान्तरसँग भने, ‘सबैको जवाफ आएपछि आवश्यक निर्णय लिने जिम्मा स्थायी कमिटीलाई दिइएको छ।’ योगेश भट्टराई, रामकुमारी झाँक्री र दीपक भट्टलगायत ५ जनाले अझै स्पष्टीकरण पेश गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *