काठमाडौं । वरिष्ठ पत्रकार विजयकुमार पाण्डेले संसदमा दुई तिहाई बहुमत प्राप्त नेताले दुई वर्ष नपुग्दै सामान्य बहुमतका लागि आफ्नै दलभित्र छटपटिदै टाउको गन्ने स्थितिमा पुग्नु दुर्भाग्यपूर्ण भएको बताएका हुन् ।
बिहीबार सामाजिक संजालमार्फत पाण्डेले यो स्थितिका निम्ति म नै जिम्मेवार छैन भन्दै प्रश्न गर्ने बेला आएको बताएका हुन् । उनले भनेका छन्,‘यो स्थिति ल्याउने निम्तोपत्र आफैंले त छपाइन ?’
पाण्डेले थप लेखेका छन्, ‘जब संसदमा त्यत्रो बहुमतको नेता आफ्नै दलमा सामान्य बहुमतका लागि छटपटिदै दैनिक दुई तिहाई समय(त्यो पनि लकडाउनको!)खर्च गर्न बाध्य हुन्छ । म प्रिय ओलीजीको नियति देखेर छक्क पर्छु । नेकपा सांसदको गणित जुन पक्षमा गएपनि त्यो ओलीजीको हार हुनेछ । गणित बाहिरको उपाय खोज्दा राम्रो हुन्छ कि ?’