USAID

माधव नेपाल पक्षले भन्यो-पार्टी विभाजन र विसर्जनको डिलमा पुग्यो(अपीलसहित)


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित १५ नेताले अपील गर्दै नेकपा एमाले विभाजन र विसर्जनको डिलमा पुगेको बताएका छन् ।

७२ औँ पार्टी स्थापना दिवसका सन्दर्भमा एकताको अपील जारी गर्दै उनीहरुले पार्टी विभाजनको डिलमा पुगेको बताएका हुन् ।

अपीलमा भनिएको छ, ‘केपी ओलीका क्रियाकलापले पार्टीको विधान, परम्परा, सामान्य लोकतान्त्रिक मूल्यहरूको समेत धज्जी उडाएको छ । र, सयौँ सहिद, लाखौँ पार्टी सदस्य, शुभचिन्तक तथा समर्थकहरूको भावनामाथि खेलबाड गरेको छ । वैचारिकरुपमा समेत उहाँ कम्युनिष्ट आन्दोलन र इतिहासको वैज्ञानिक चेतना, श्रमजीवी वर्गका हितबाट झन् झन् टाढा पुग्दै हुनुहुन्छ ।’

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *