त्रिकोणात्मक सिरिज: आज नेपाल र मलेसिया भिड्दै

प्रज्जवल थापा । कीर्तिपुरमा जारी त्रिकोणात्मक टि-२० आई सिरिज अन्तर्गत आज हुने समूह चरणको अन्तिम खेलमा नेपाल र मलेसिया भिड्दै छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो १:१५ बजे शुरु हुनेछ ।

नेपाल एक खेल अगावै फाइनल पुगिसकेको छ । बुधबार वर्षाले पटकपटक प्रभावित भएको खेलमा नेदरल्याण्ड्स र मलेसियाले बराबरी खेलेपछि नेपाल एक खेल अगावै फाइनल पुगेको हो । यस्तै नेदरल्याण्ड्सपनि फाइनल पुगिसकेको छ भने मलेसिया समूह चरणबाटै बाहिरिएको छ ।

फाइनल पुगिसकेपनि नेपाल आजको खेल जित्ने लक्ष्य साथ मैदान उत्रिनेछ । आजको खेल जितेको खण्डमा नेपाल शिर्ष स्थानमा रहँदै फाइनल पुग्नेछ । प्रतियोगितामा सुखद शुरुवात गरेको नेपालले पहिलो र दोस्रो खेलमा नेदरल्याण्ड्स र मलेसियालाई समान ९/९ विकेटले पराजित गरेको थियो । तर तेस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित भएको थियो ।

विश्व टि-२० वरियतामा १५ औं स्थानमा रहेको नेपालको लागि वरियता सुधारमा बाँकी दुई खेल महत्त्वपूर्ण रहेको छ । यता सिरिजबाट बाहिरिसकेको मलेसिया आजको खेलमा सान्त्वना जितको खोजिमा हुनेछ । आफ्नो पहिलो दुई खेलमा पराजय भोगेको मलेसियाले तेस्रो खेलमा नेदरल्याण्ड्ससँग बराबरी खेलेको थियो ।

हाल नेदरल्याण्ड्स ४ खेलबाट ५ अङ्क जिड्दै अङ्क तालिकाको शिर्ष स्थानमा रहेको छ । यस्तै नेपाल ३ खेलबाट ४ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ भने समान खेलबाट १ अङ्क जोडेको मलेसिया पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *