USAID

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच पार्टीको आन्तरिक विवादबारे छलफल


काठमाडौँ । नेकपा एमालेको आन्तरिक विवाद चरमोत्सकर्षमा पुगिरहेको बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओली र नेपालबीच बुधबार साँझ काठमाडौं नक्सालस्थित होटल मेरियटमा भेटवार्ता भएको हो । सचिव योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेपछि दुई नेताबीच आकस्मिक भेटवार्ता तय भएको हो । दुवै नेताबीच पार्टीभित्रको जारी विवादबारे छलफल भएको बताइएको छ । पार्टी अध्यक्ष ओलीले एकलौटी रुपमा निर्णय गरेको भन्दै नेपाल पक्ष जिल्ला जिल्लामा संगठन विस्तार गर्दै हिँडिरहेको छ ।

फागुन २८ को निर्णय फिर्ता लिई पार्टीलाई पूर्ववत अवस्थामा फर्काउन नेपाल पक्षले माग गरेपनि ओली एकलौटी ढंगले नेताहरुलाई कारबाही गर्दै अघि बढेका छन् । ओलीले पार्टीविरुद्ध गतिविधि गरेको भन्दै वरिष्ठ नेता नेपालसहितलाई कारबाही गरेका छन् भने मंगलबार दोस्रो पटक स्पष्टीकरण सोधेका छन् ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *