भारतमा एकैदिन २ लाख ९४ हजारलाई कोरोना संक्रमण

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । पछिल्ला केही दिन यता लगातार दैनिक २ लाख ५० हजारभन्दा बढीमा संक्रमण हुँदै आएको भारतमा थप २ लाख ९४ हजार २९० जनामा संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि सोमबार भारतमा दोस्रो धेरै २ लाख ७५ हजार ३०६ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ५६ लाख ९ हजार ४ पुगेको छ ।

यस्तै हालसम्म भारतमा १ करोड ३२ लाख ६९ हजार ८६३ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या २१ लाख ५६ हजार ५७१ रहेको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप २ हजार २० जनाको मृत्यु भएको छ । योसँगै भारतमा मृत्यु हुनेको संख्या १ लाख ८२ हजार ५७० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *