मालीमा जिहादी र शिकारी समूहबीच भएको भिडन्तमा परी ४० जनाको मृत्यु

दुई पक्षका बीचमा झडप हुँदा मालीमा कम्तीमा ४० जनाको मृत्यु भएको छ । लामो समयदेखि द्वन्द्वरत दुइ पक्ष जिहादी र परम्परागत शिकारीहरुका बीचमा झडप हुँदा उनीहरुको मृत्यु भएको हो ।

देशको मध्यभागमा पर्ने मोप्ती क्षेत्रमा घटना भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । घटनाका कारण स्थानीय झण्डै एक हजार मानिस विस्थापित भएका छन् । हिंसात्मक घटनाले स्थानिय बासिन्दा त्रसित र आतङ्कित भएको पाइएको छ ।

दुई पक्षका एक एक जनाबाट सुरु भएको विवाद बढ्दै गएर हिंसात्मक रूप लिएपछि झण्डै ४० जनाको मृत्यु भएको हो । मालिमा जिहादी विद्रोही र परम्परागत सिकारीहरुका बीचमा बेला बेलामा यस्ता हिंसात्मक घटना हुदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *