सोमालियाका राष्ट्रपति कङ्गो भ्रमणमा

सोमालियाका राष्ट्रपति मोहम्मद फर्माजोले लोकतान्त्रीक गणतन्त्र कङ्गोको भ्रमण सुरु गरेका छन् । दुई दिने भ्रमणका लागि उनी सोमबार सोमालियाबाट कङ्गो प्रस्थान गरेका अधिकारीहरूले जानकारी दिएका छन् । सोमालियाका राष्ट्रपति फर्माजोले कङ्गोका समकक्षी तथा अफ्रिकी संघका अध्यक्ष फेलिक्स सिसेकेडीलाई भेट्ने कार्यक्रम रहेको छ ।

“भ्रमणका क्रममा दुवै देशका राष्ट्र प्रमुखहरूबीच औपचारिक भेटवार्ता गर्ने तालिका रहेको छ,” सोमालियाको राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । भेटवार्ताका क्रममा उनीहरुले दुई पक्षीय हित, साझा चासो, आपसी सम्बन्ध, भावी योजना लगायतका विषयमा छलफल गर्ने जनाइएको छ । दुई देशबीचको सम्वन्धलाई बलियो बनाउदै सहकार्य बढाउने मुख्य उद्देश्यले फर्माजोले कङ्ग्रोको भ्रमण सुरु गरेका अधिकारीहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *