USAID

होटल तथा रेष्टुरेन्ट राति आठ बजेसम्म मात्रै खोल्न पाइने( मन्त्रिपरिषदका निर्णयसहित)


काठमाडौँ । सरकारले होटल तथा रेष्टुरेन्टलाई बिहान ८ देखि बेलुकी ८ बजेसम्म मात्रै खोल्न दिने भएको छ । कोरोना भाइरस नियन्त्रणसम्बन्धी आदेश जारी गर्दै मन्त्रिपरिषद्को सोमबारको बैठकले होटल तथा रेष्टुरेन्टमा बिहान ८ देखि बेलुकी ८ बजेसम्म मात्रै खुल्ने र त्यसभन्दा अघि र पछि होम डेलिभरीको व्यवस्था मात्रै उपलब्ध गराउन आदेश जारी गरेको हो ।

राष्ट्रिय राजमार्गमा रहेका होटल तथा रेष्टुरेन्टले भने स्वास्थ्य मापदण्ड अपनाएर सेवा दिन पाउने आदेश भएको हो । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जनस्वास्थ्य मापदण्ड अपनाएर मात्रै होटल तथा रेष्टुरेन्ट खोल्न पाउने आदेश भएको बताए ।

त्यस्तै, सार्वजनिक यातायात तथा हवाइ यातायातका यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, अनिवार्य सरकारले स्यानिटाइजरको प्रयोग गर्नुपर्ने आदेश जारी गरेको छ । मास्क नलगाएको यात्रु भएमा चालक वा सहचालक एवम् व्यवस्थापकले बढीमा १० रुपैयाँ लिइ मास्क उपलब्ध गराउनुपर्ने आदेश भएको मन्त्री गुरुङले बताए ।

लामो दूरीका यातायातमा बीच बाटोमा यात्रु थप्न नपाउने र यात्रु संख्या कोरोना नियन्त्रणका लागि जिल्लामा गठित निकायलाई जानकारी दिनुपर्ने पनि आदेश भएको छ । हवाइजहाजका यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने र हवाइजहाजमा अनिवार्य स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ । त्यस्तै, उडानपछि अनिवार्य रूपमा विमान, यातायातको सधान र ब्यागेजको डिसइन्फेक्ट गर्नुपर्ने आदेश जारी गरिएको छ ।

त्यसैगरी सरकारले पूर्वनिर्धारित परीक्षा कोरोना भाइरसविरुद्धको मापदण्ड पालना गरी सञ्चालन गर्न अनुमति दिने भएको छ । सरकारले कोरोना भाइरससँग सम्बन्धित मन्त्रिपरिषद्ले जारी गरेको आदेशअनुसार पहिल्यै तय भएका परीक्षा सञ्चालन अनुमति दिएको हो ।

सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, जिम खाना, स्वीमिङ पुल लगायत भीडभाड हुने ठाउँलाई भने वैशाखभर बन्द गर्नुपर्ने उनले बताए । धार्मिक स्थलमा वैशाख मसान्तसम्म नित्य पूजा मात्रै गर्न/गराउन, एक पटकका २५ जनाभन्दा बढी भन्दा बढी उपस्थित नहुन र सबैलाई मास्क अनिवार्य गर्न आदेश जारी भएको छ । सपिङ मल, डिपार्टमेन्ट स्टोरमा पनि २५ जनाको मात्रै उपस्थितिमा स्वास्थ्य मापदण्ड अपनाउँदै सञ्चालन गर्नुपर्ने आदेशमा भनिएको छ ।

 

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *