USAID

सेनाले सल्यानमा नाइट भिजन हेलीप्याड निर्माण गर्दै


सल्यान । नेपाली सेनाले सम्भावित विपद्सम्बन्धी घटनालाई ध्यान दिँदै तत्काल उद्धार तथा व्यवस्थापन गर्न नाइट भिजन हेलीप्याड निर्माण गर्ने भएको छ ।

जिल्लामा हालसम्म एउटा पनि नाइटभिजन हेलिप्याड छैन । यसले विपद् व्यवस्थापन तथा उद्धारमा समस्या हँुदै आएको छ । हेलिप्याड निर्माण भएपछि राति समेत हेलिकप्टर अवतरण गराउन सकिने सबजु गण सिमखर्कका सेनानी कृष्णकञ्चन बस्नेतले जानकारी दिए ।

उनले शारदा नगरपालिकाको आर्थिक सहयोगमा गणको हाताभित्र नाइटभिजन हेलिप्याड निर्माण गर्न लागिएको बताए । “जिल्लामा अहिलेसम्म नाइट भिजन हेलिप्याड नभएकै कारण रातिमा हेलिकप्टर अवतरण हुन नसकेकाले उद्धार तथा व्यवस्थापन कार्यमा ढिला हुँदै आएको छ । हेलिप्याड निर्माण भएपछि रातिमा हुने विपद्का घटनमा हेलिकप्टर प्रयोग गरी उद्धार कार्य गर्न सहज हुनेछ ।”, उनले भने ।

सेनाले जिल्लाका छ वटा स्थानीय तहमा हेलिप्याड निर्माण गरेको छ । ती हेलिप्याडमा दिउँसो मात्रै हेलिकप्टर अवतरण हुन्छन् । रातिमा अवतरण हुनका लागि आवश्यक संरचना निर्माण गर्नुपर्ने भएकाले नगरपालिकाले रु पाँच लाख उपलब्ध गराएको जनाएको छ । हेलिप्याड निर्माण गर्न बाँकी रहेका स्थानीयतहमा समेत निर्माणका लागि स्थानीय जनप्रतिनिधिसँग आवश्यक समन्वय भइरहेको सेनानी बस्नेतले जानकारी दिए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *