USAID

चुडाल र सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कुमार चुडाल र नहकुल सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सोमबार सर्वोच्चको न्यायाधीशमा नियुक्ति गरेकी हुन् ।

गत फागुन २८ गते न्यायपरिषद बैठकले चुडाल र सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति सिफारिस गरेको थियो । गत शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकले चुडाल र सुवेदीको नाम नियुक्तिका लागि अनुमोदन गरेको थियो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *