माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दै छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाइएको जनाइएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *