काठमाडौैं । संघीय संसद्ले गृहमन्त्री रामबहादुर थापाको राष्ट्रियसभा सदस्य पद रिक्त रहेको जानकारी गराएको छ । नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको थियो ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पत्रअनुसार सांसद पद रिक्त भएको निर्णय गरेका हुन् । तिमिल्सिनाको निर्णयपछि संसद सचिवालयले आइतबार थापाको पद रिक्त भएको सूचना प्रकाशित गरेको छ ।
थापा बागमती प्रदेशबाट राष्ट्रिय सभाको सांसद बनेका थिए । थापाको सांसद पद गुमेपछि अब उनले पुनः मन्त्री बन्न संविधानअनुसार सपथ लिनुपर्छ ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लागेका माओवादी केन्द्रका प्रतिनिधि सभाका सांसदहरूको पद पनि खारेज भएको थियो । मन्त्रीसमेत रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद गुमेको हो । सांसद पद गुमेपछि प्रधानमन्त्री ओलीले उनीहरूलाई फेरि ६ महिनाका लागि मन्त्री बनाएका छन्।