USAID

आईपिएलमा मुम्बईको दोस्रो जित, हैरबादको लगातार तेस्रो हार


प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग (आईपिएल) मा मुम्बई इन्डियन्सले दोस्रो लिग निकाल्दा सनराइजर्स हैरबादले लगातार तेस्रो हार बेहोरेको छ । शनिबार बेलुकी भएको खेलमा मुम्बईले हैरबादलाई १३ रनले पराजित गरेको हो ।

जितको लागि १५१ रनको लक्ष्य पछ्याएको हैरबादले १९.४ ओभरमा अलआउट हुँदै १३७ रन मात्र बनाउन सक्यो । खेलमा राम्रो शुरुवात गरे पनि सोही लयलाई निरन्तरता दिन नसक्दा हैरबाद हार बेहोर्न बाध्य भयो । हैरबादको लागि ओपनर जोनी बैर्स्ट्रोले सार्वधिक ४३ रन जोडे । उनले २२ बलमा ४ छक्का र ३ चौका प्रहार गरे । अर्का ओपनर तथा कप्तान डेभिड वार्नरले ३६ रन जोड्दा विजय शङ्खरले २८ र विराट सिंहले ११ रनको योगदान गरे । अन्य ब्याट्सम्यानले भने दोहोरो अङ्क बनाउन सकेनन् ।

मुम्बईको लागि ट्रेन्ट बोल्टले ३.४ ओभर बलिङ गर्दै २८ रन खर्चेर ३ विकेट लिए । यस्तै राहुल चहारले ४ ओभर बलिङ गर्दै १९ रन दिएर ३ विकेट लिँदा कुर्नल पाण्ड्य र जस्प्रित बुम्राले १/१ विकेट लिए ।

यसअघि चेन्नईस्थित चिदाम्बराम स्टेडियममा भएको खेलमा टस जितेर ब्याटिङको लागि उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५० रन जोडेको थियो । मुम्बईको लागि क्विन्टिन डि ककले सर्वधिक ४० रन जोडे । उनले ३९ बलमा ५ चौका प्रहार गरे । कप्तान रोहित शर्माले २५ बलमा २ चौका र २ छक्काको मद्दतमा ३२ रन जोडे । यस्तै किएरोन पोलार्डले २२ बलमा ३ छक्का र १ चौकाको मद्दतमा ३५ रन जोड्दा इसान किसानले १२, सुर्यकुमार यादवले १०, हार्दिक पाण्ड्यले ७ र कुर्नाल पाण्ड्यले ३ रनको योगदान गरे ।

हैरबादको लागि विजय शङ्खरले ३ ओभर बलिङ गर्दै १९ रन खर्चेर २ विकेट लिए । यस्तै मुजिबले ४ ओभर बलिङ गर्दै २९ रन दिएर २ विकेट लिँदा खलिल अहमदले १ विकेट लिए । जितसँगै मुम्बई ३ खेलमा ४ अङ्क जोड्दै अङ्क तालिकको शीर्ष स्थानमा उक्लिएको छ । पराजित हैरबादले भने लिगमा अङ्कको खाता खोल्न सकेको छैन ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *