सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आक्रोशः संसदमा सभामुखले अराजक र अनैतिक काम गरे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सभामुखले काम गर्न नदिएको भन्दै आक्रोश पोखेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सभामुख अग्नी सापकोटाले संसदमा अराजक र अनैतिक काम गरेको भन्दै आक्रोश पोखेका राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जानकारी दिएका छन् ।

लोहनीले भने, ‘बैठकमा प्रधामन्त्रीले संसदमा सभामुखले अराजक र अनैतिक काम गरिरहेका छन् भन्ने शब्द प्रयोग गर्नुभयो ।’ सरकार र संसदकाबारेमा दशौं वर्ष जेल बसेको व्यक्तिले समस्या मिलाउन नसके लाज हुने भन्दै बसेर मिलाउन आफूले सुझाव दिएको अध्यक्षले लोहनीले बताए । उनले कोरोना नियन्त्रणका विषयमा सरकारलाई ६/७ बुँदामा सुझाव दिएको जानकारी दिए ।

प्रधानमन्त्री ओली र उनी निकटका नेताहरु केही दिनदेखि सभामुखले एमसीसी अगाडि बढाउन नदिएको भन्दै आक्रोश पोख्दै आएका छन् ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता बालकृष्ण खाँड, विमलेन्द्र नीधि जनता समाजवादी पार्टीबाट महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राप्रपाबाट प्रकाशचन्द्र लोहनीलगायत नेता सहभागी थिए । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल भने सहभागी छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *