भारतमा एकैदिन थप दुई लाख मानिसमा कोरोना संक्रमण पुष्टि

भारतमा पछिल्लो २४ घण्टामा करिव २ लाख मानिसलाई कोरोना संक्रमण पुष्टि भएको छ । दोस्रो लहरको कोरोना संक्रमण फैलिएको भारतमा दैनिक लाखौमा संक्रमण देखिन थालेको हो ।

पछिल्लो २४ घण्टामा भारतमा एक लाख ९९ हजार ५ सय ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसहित भारतमा कुल संक्रमितको संख्या १ करोड ४० लाख ७० हजार पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ हजार ३७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ७३ हजार पुगेको छ । यस्तै अमेरिकामा सोही अवधिमा ७८ हजार ३ सय, ब्राजिलमा ७६ हजार, टर्कीमा ६२ हजार ७ सय, फ्रान्समा ४३ हजार ५ सय जनामा संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *