इन्डोनेसियामा ‘सेरोजा’ आँधीबाट १७८ जनाको मृत्यु

इन्डोनेसियाको पूर्वी प्रान्त नुसा टेङ्गगारामा सेरोजा नाम दिइएको आँधीको कारण १७८ जनाको मृत्यु भएको छ । आँधीमा परी १७९ जनाको मृत्यु हुनको साथै अन्य ४७ जना हराइरहेका प्रान्तका उपगभर्नर जोसेफ नाए सोइले जानकारी दिए ।

इन्डोनेसियामा केही दिन अघि मात्र बाढी पहिरोबाट दर्जनौको मृत्यु भएको थियो । सयौंको संख्यामा विस्थापित भएका थिए । यद्यपी मंगलबार दिउँसो देशको प्रकोप न्यूनीकरण एजेन्सीले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा प्रान्तीय अधिकारीले विस्थापित व्यक्तिहरुको संख्या घटेको जानकारी दिएका छन् ।

उनका अनुसार हाल अस्थायी आश्रयस्थलमा ७ हजार ८९५ जना मात्र बसिरहेका छन् यसअघि बाढी पहिरोको प्रकोपबाट सताइएका ३४ हजार ८३८ जना अस्थायी आश्रयस्थल बस्दै आएका थिए । बाढी र पहिरोले प्रभावित क्षेत्रहरूमा घरहरु, सडक र पुलहरु ध्वस्त भएको पनि जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *