कोभिडबाट भएको आर्थिक क्षतिका लागि सहयोगको मापदण्ड बनाउन महासचिव गुटर्रेसको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले विश्वलाई नै कोभिड–१९ को समस्याले गर्दा आर्थिक क्षति पुगेको बताएका छन् । उनले त्यसका लागि आवश्यक मात्रामा आर्थिक पुनस्र्थापनाका कार्यक्रमहरु सञ्चालन गर्न पनि विश्वका देशहरुलाई आग्रह गरेका छन् ।

महासचिव गुटर्रेसले अर्थतन्त्रमा विश्वलाई नै यस महमारीले ठूलो असर गरेको र त्यसका लागि आर्थिक प्याकेजका कार्यक्रमहरु घोषणा गरेर लागू गर्नुपर्ने बताएका छन् ।

महासचिव गुटर्रेसले आर्थिक प्याकेज पूरा गर्नका लागि विभिन्न छ वटा मापदण्डहरु अपनाउन सुझाव दिएका छन् । उनले विश्वले नै अकल्पनीय रुपमा गएको एक वर्षदेखि यो समस्या भोगिरहेको तर पनि यसबाट भएको आर्थिक क्षति पूरा गर्न सक्नेगरी कुनै पनि देशले कुनै पनि कार्यक्रम राख्न नसकेको बताए ।

यसबाट विश्वका कैयौँ देश पनि समस्यामा परेका र उनीहरुको आर्थिक समस्या पूरा गर्नका लागि यो अवस्थामा विभिन्न मापदण्डहरुको पनि घोषणा हुनुपर्ने बताए । यो समस्याबाट विश्वका तीस लाखभन्दा बढी मानिस यो महामारीबाट ज्यान गुमाउन बाध्य भएका छन् । यसका कारणबाट विश्वका १२ करोडभन्दा पनि बढी मानिस चरम गरिबीको समस्यामा परेका उनले बताए ।

त्यसैगरी विश्वका २५ करोड मानिसले आफ्नो पूरा समयको जागिर पनि यस महामारीका कारण गुमाउन पुगेका छन् । यसका कारण विश्वले सन् १९९० को दशक पछिको अवस्थामा सबैभन्दा बढी मात्रामा आर्थिक मन्दीको सामना गर्नु परिरहेको अवस्था पनि उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *