आमाको सम्पत्ति लिएर पालनपोषण नगर्ने राष्ट्र बैंककी निर्देशक जेल चलान

काठमाडौं । काठमाडौं जिल्ला अदालतले आफ्नी ८५ वर्षीया आमाको सम्पत्ति लिएर हेरचाह नगरेको आरोपमा पक्राउ परेकी नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा  रेग्मीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले शोभाको जाहेरीले सुष्मालाई २२ चैतमा पक्राउ गरेर जेष्ठ नागरिक ऐन २०७३ अनुसार मुद्दा अघि बढाएको थियो । अदालतका न्यायाधीश सूर्यप्रसाद अधिकारीको इजलासले सुष्मालाई थुनामा पठाउने आदेश दिएको हो । सुष्मालाई पुर्पक्षको लागि जगन्नाथ देवल सुन्धारा महिला वन्दी गृहमा थुनामा पठाइएको छ ।

नेपाल राष्ट्र बैंकको कर्पोरेट प्लानिङ तथा रिस्क म्यानेजमेन्ट विभागकी निर्देशक रेग्मीलाई आमाले आफूलाई ठगेको भन्दै छोरीविरुद्ध उजुरी दिएकी थिइन् ।

उजुरी अनुसार रेग्मीले विभिन्न बैंकमा भएको आमाको खाताको पैसासहित ३ करोडभन्दा बढीको सम्पत्ति आमाको हेरचाह गर्ने भन्दै आफ्नो नियन्त्रणमा लिएकी थिइन् । तर, पैसा लिएर आफ्नो हेरचाह नगरेको आमाले आरोप लगाएकी छिन् । प्रहरीले उनलाई विगत ८ महिनादेखि आमाको राम्रोसँग हेरचाह गर्न वा आमाको सम्पत्ति फिर्ता गरिदिन अनुरोध गरे पनि उनले नमानेकाले मुद्दा दर्ता गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *