थप ४९६ जनामा कोरोना संक्रमण, १३ को मृत्यु, १३८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ४९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४९६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८०५२४ पुगेको छ ।

त्यस्तै सोमबार थप १३८ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २७६१४५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०५३ पुगेको छ । क्वारेन्टाइनमा ८५ जना छन् भने आइसोलेसनमा ३३०६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *