प्रज्ज्वल थापा । स्पेनिस लिग ला लिगामा एथ्लेटिको म्याड्रिड बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा एथ्लेटिकोले रियल बेटिससँग १-१ गोलको बराबरी खेलेको हो ।
खेलमा लिएको अग्रता जोगाउन नसक्दा एथ्लेटिको म्याड्रिड बराबरीमा रोकिन बाध्य भएको हो । पाँचौ मिनेटमा एन्जल कोरेराको पासमा यानिक कारास्कोले गोल गर्दै एथ्लेटिकोलाई खेलमा अगाडि बढाएका थिए । २० औं मिनेटमा मोरेनोको पासमा क्रिस्टेन टेल्लोले गोल गर्दै बेटिसलाई बराबरीमा ल्याए ।
दोस्रो हाफमा थप गोल हुन नसक्दा दुवै टोलीले एकरएक अङ्क बाढे । बराबरीका बाबजुद एथ्लेटिको म्याड्रिड ३० खेलमा ६७ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट ६६ अङ्क जोडेको रियल म्याड्रिड दोस्रो स्थानमा छ । शनिबार राति भएको खेलमा म्याड्रिडले बार्सिलोनालाई २-१ गोलले हराएको थियो । बार्सिलोना भने ३० खेलबाट ६५ अङ्क जोड्दै तेस्रो स्थानमा छ ।
