म्याग्दे गाउँपालिकालाई सूर्य नेपालको एम्बुलेन्स

काठमाडौेंँ । सूर्य नेपाल प्रा.लि. सेराटार तनहुँले म्याग्दे गाउँपालिकालाई एउटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । कम्पनीले म्याग्दे गाउँपालिकामा बिहीबार आयोजित एक कार्यक्रममा उक्त एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

गाउँपालिका अध्यक्ष मायादेवी राना आले, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख कार्यकारी नारायणप्रसाद अधिकारी, म्याग्दे गाउँपालिका वडा न ६ का अध्यक्ष बसन थापा, सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्की, एचआर म्यानेजर अन्जन दुवाडी, कमर्सियल म्यानेजर गौतम यादव तथा सुरक्षा विभाग प्रमुख होमनाथ अर्याललगायतको उक्त हस्तान्तरण कार्यक्रममा उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष मायादेवी राना आले, उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख कार्यकारीलगायतले सूर्य नेपालबाट यस क्षेत्रमा भईरहेको सहयोगको उच्च मुल्यांकन गर्दै आभार व्यक्त गरे । उनीहरुले भविश्यमासमेत यस्तै सहयोगको अपेक्षा गरे । सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्कीले यस क्षेत्रको समग्र विकासको लागि स्थानीयसँग सहकार्य गर्दै अघि बढ्ने कम्पनीको नीति रहेको बताए ।

सूर्य नेपालले २०७७ असोजमा शुक्लागण्डकी नगरपालिकालाई पनि एम्बुलेन्स हस्तान्तरण गरेको थियो । उक्त क्षेत्रमा सूर्य नेपालले बिगत लामो समयदेखि शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार तथा अन्य सामाजिक विकासका विभिन्न क्षेत्रहरूमा थुप्रै सहयोग गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *