भारतमा पछिल्लो २४ घन्टामा थपिए १ लाख २६ हजार संक्रमित

भारत कोरोनाभाइरसको संक्रमणमा संसारकै नयाँ हटस्पट बनेको छ । भारतमा संक्रमणको दरले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । बुधबार भारतमा १ लाख २६ हजार बढी मानिसमा संक्रमण पुष्टि भएको छ ।

भारतमा पछिल्लो एक महिनादेखि कोरोना संक्रमणको दर उकालो लागेको हो । गत मार्च ७ मा भारतभरि जम्मा १८ हजार ५ सय ९९ जनामा संक्रमण देखिएको थियो । अघिल्लो साता भारतले दैनिक संक्रमणमा ब्राजिल र अमेरिकालाई पछि पारेको थियो। बुधबार ब्राजिलमा ९० हजार र अमेरिका ७५ हजार मानिसमा कोरोना संक्रमण भएको छ। ।

कोरोना संक्रमणबाट बुधबारमात्रै भारतमा ६ सय ८५ जनाको मृत्यु भएको छ । भारतका महाराष्ट्र, गुजरात, राजस्थान, उत्तर प्रदेश, पश्चिम बंगाल, कर्नाटका,मध्य प्रदेश, केरला र बिहार राज्यमा अहिले संक्रमण तीव्र रूपमा फैलिरहेको छ । कोरोनाको दोस्रो लहर नियन्त्रणभन्दा बाहिर जान थालेपछि महाराष्ट्र र दिल्लीमा रात्रिकालीन कर्फ्यू घोषणा गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *