‘योगमाया’ नाटक तस्वीरमा

विराटनगर । प्रदेश एकका प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले योगमायाले राणा शासनकालमा सतिप्रथा अन्त्यका लागि गरेको योगदान स्मरणीय रहेको बताएका छन् ।

मोरङको ग्रामथान गाउँपालिकास्थित झोराहाट नाटकघरमा सोमबार ‘योगमाया’ नाटक अवलोकन गरेपछि उनले दुर्गम भोजपुरजस्तो पहाडी भूभागमा रहेर सतिप्रथा एवं जहानियाँ राणा शासन अन्त्यमा उनको ठूलो योगदान रहेको बताए ।

प्रमुख अधिकारीले ६८ महिलालाई आफूसहित अरुण नदीमा फाल हान्न लगाउने योगमायाको साहसिक कार्यबाट मुलुकमा महिला सङ्गठन निर्माण भएको स्मरण गरे । उनले आशीर्वाद थाप्ने त्यो समयमा विद्रोह गर्नु ठूलो साहस रहेको चर्चा गर्दै महिलाले परिवर्तनका लागि लड्नु भनेको ‘झुण्डाइने वा झुण्डिनु’ मात्र कार्य रहेको बताए ।

अवसरमा नाटकघर सञ्चालक एवं लेखक भरत गुरागाईँ ‘बर्बरिक’ले नाटकलाई ग्रामीण क्षेत्रका साथै भोजपुरमा समेत मञ्चन गरिने जानकारी दिए । नाटकको निर्देशन तराईका आदिवासी जनजाति प्रदीप सरदारले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *