प्रज्जवल थापा । घरेलुु मैदानमा आयोजना हुन गईरहेको ट्राई नेसन सिरिजको लागि नेपाल क्रिकेट संघ(क्यान) ले खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
आइतबार क्यानले प्रेस बिज्ञप्ति जारी गर्दै बन्द प्रशिक्षणको लागि खेलाडी बोलाएको हो । बन्द प्रशिक्षणको लागि बोलाएको २० सदस्यीय टोलीमा ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, सुशन भारी, साहब आलम, सन्दीप जोरा, विक्रम शोब, पवन सर्राफ र ललित नारायण राजवंशी रहेका छन् ।
क्यानले बन्द प्रशिक्षण चैत २४ गते देखि शुरु हुने जनाएको छ । नेपाल, मलेसिया र नेदरल्याण्डबीच हुने सिरिज वैशाख ४ देखि ११ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

